सिजीको इन्टरनेट, ९९९ रुपैयाँमै १२० एमबीपीएस नेट पाइने 

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार ।

सिजी कम्युनिकेसन प्रालिले आजदेखि काठमाडौँ उपत्यकामा उच्च गतिको इन्टरनेट सेवा शुरूवात गरेको छ ।

यसबाट सार्वजनिक एवम् निजी क्षेत्रबाट प्रवाह हुने सेवाका गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ । हाल इन्टरनेट प्रदायक कम्पनीका तुलनामा सिजीको सेवा सस्तो रहेको दाबी समेत गरिएको छ ।

कम्पनीद्वारा आज जारी विज्ञप्तिमा १२० एमबीपीएस गतिको ‘सिजी नेट’ रु ९९९ मा उपलब्ध हुने जनाइएको छ। कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सिजी नेट सेवाले उपभोक्ताको जीवनमा नयाँ अनुभव गराउने बताए। कम्पनीले शुरूवाती चरणमा इन्टरनेट सेवा शुरु गरेपनि चाँडैनै आइपीटिभी तथा अन्य सेवा ल्याउने तयारी भएको जनाएको छ ।

विज्ञप्तिमा शुरुवाती चरणमा काठमाडौं उपत्यकाका तीनै जिल्लामा उपलब्ध हुने, तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनामा क्षेत्रमा जडान हुने र एकवर्षभित्र उपत्यकाका सबै क्षेत्रमा सेवा विस्तार हुने उल्लेख छ ।

‘सीजी नेट’ देशव्यापी इन्टरनेट सेवाप्रदायक (आईएसपी) हो, जसले व्यावसायिक र व्यक्तिगत दुबैका लागि इन्टरनेट सेवा उपलब्ध गराउनेछ । निकट भविष्यमै आईपीटीभी र अन्य लोकप्रिय सेवा पनि बजारमा ल्याउने कम्पनीको भनाइ छ ।
भिडियो, ओटीटी प्लेटफर्म, ‘वर्क फ्रम होम’, अनलाइन कक्षाको बढ्दो प्रयोग र माग सम्बोधन गर्न ‘सीजी नेट’ले विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेको छ ।