हिमालय रिले पाउने भयो पुनर्बीमा कम्पनीको लाइसेन्स 

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार ।
बीमा समितिले हिमालय रिलाई पुनर्बीमा कम्पनीको लाइसेन्स दिने भएको छ।

बीमा समिति उच्च स्रोतका अनुसार लाइसेन्सका लागि आवेदन दिएका ५ वटा कम्पनीमध्ये हिमालय रि नम्बरका आधारमा सबैभन्दा माथि छ। यद्यपि बोर्ड बैठकले यसबारे निर्णय गरिसकेको छैन। 

पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि हिमालय रिसहित ५ कम्पनीले आवेदन दिएका थिए। लाइसेन्सका लागि आवेदन दिएका अन्य कम्पनीमा अन्नपूर्ण रि, काठमाडौं रि, प्रुडेन्सियल रि, जेन्युन रि कम्पनी थिए । 

आवेदन दिएकाहरुबाट शर्त पुरा गरेकाहरुमध्ये पनि मूल्यांकनका आधारमा सबैभन्दा उत्कृष्ट कम्पनीका रुपमा हिमालय छनौट भएको हो। 

पुनर्बीमा कम्पनीका लागि न्यूनतम चुक्ता पुँजी १० अर्ब तोकिएको छ। जसमा संस्थापकको तर्फबाट न्यूनतम ५१ प्रतिशत र बढीमा ७० प्रतिशतसम्म र बाँकी कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिएर पुँजी जुटाइन्छ। 

हिमालय रि कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, निर्वतमान अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोर, दुगड ग्रुपका विकास दुगड, एमभि दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्तालगायतका व्यवसायिक घरानाको लगानी छ।

हाल नेपालमा एउटा मात्रै पुनर्बीमा कम्पनी ‘नेपाल रि इन्स्योरेन्स’ कम्पनी सञ्चालनमा छ। कम्पनीमा सरकारको सेयर हिस्सा ४४ प्रतिशत छ भने सर्वसाधारणको १६ प्रतिशत। बाँकी करिब ४० प्रतिशत स्वामित्व विभिन्न संघसंस्था र बीमा कम्पनीहरूको छ। 

जीवन र निर्जीवन गरी हाल भएका ३९ बीमा कम्पनीले जति रकमको पुनर्बीमा गर्छन्, त्यसको कम्तीमा २० प्रतिशत स्वदेशी पुनर्बीमा कम्पनीमै गर्नुपर्ने बाध्यकारी व्यवस्था छ। 

एकातिर निश्चित प्रतिशत स्वदेशकै कम्पनीमा पुनर्बीमा गर्नुपर्ने बाध्यकारी व्यवस्था, अर्कोतिर सरकारी स्वामित्वको एउटा मात्रै कम्पनी खुलेपछि निजी क्षेत्रले आपत्ति जनाउँदै आएको थियो।