प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थपियो

प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थपियो

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार ।
प्रभु बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले यस अघि  जेठ १६ गतेसम्म आवेदन दिन सकिने जनाएकोमा पर्याप्त आवेदन नपरेपछि म्याद थप भएको हो । अब लगानीकर्ताले जेठ २६ गतेसम्म आवेदन दिन सक्ने छन् ।  

बैंकले जेठ ११ गतेदेखि  ४ अर्ब बराबरको (प्रति कित्ता १ हजार अंकित दरका)  ४० लाख कित्ता  ऋणपत्र निष्काशन गरेको हो  । जस मध्ये १६ लाख कित्ता सर्बसाधारणलाई र २४ लाख कित्ता निजि तबरबाट बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको १६ लाख कित्ता मध्ये २५ सय कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरिसकिएको बैंकले जनाएको छ । 

ऋणपत्र निष्काशनको लागि मेगा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम १० लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ ।  १० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

मेरोशेयर अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।