बैंकिङ्ग समाचार ।
कोरोना भाइरस संक्रमणका कारण विकास बैंकहरुले अधिकांश शाखा बन्द गरेका छन् । विकास बैंकहरुले कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई ध्यान दिँदै अधिकांश शाखाहरु बन्द गरेका हुन् ।
विकास बैंकहरुले कोभिड १९ संक्रमण जोखिम न्यूनिकरण गर्दै सिमित शाखाबाट आमनागरिकलाई सेवा दिन थालेका छन् । विकास बैंकहरुले उपत्यकाका कुल चार शाखाहरु संचालनमा ल्याएका छन् । विकास बैंकहरुले काठमाडौं जिल्लामा २, ललितपुरमा १ र भक्तपुरमा १ शाखा सञ्चालनमा ल्याएर सेवा दिइरहेका छन् ।
विश्वब्यापी रुपमा फैलिइरहेको कोभिड १९ संक्रमण जोखिम न्यूनिकरण गर्दै उच्च सतर्कताको साथमा बैंकिङ्ग सेवा प्रवाह गर्ने सम्वन्धमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन बिभागको सूचना मार्फत नेपाल राष्ट्र बैंकबाट इजजात पत्र प्राप्त “क” “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थालाई दिएको निर्देशन अनुसार काठमाण्डौ उपत्यका भित्र “ख” बर्गका विकास बैंकहरुको हकमा काठमाण्डौ जिल्लामा २ वटा, ललितपुर जिल्लामा १ वटा र भक्तपुर जिल्लामा १ वटा शाखा खोल्नको लागि निर्देशन भए अनुसार डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालमा आवद्ध राष्ट्रिय स्तरका ८ सदस्य विकास बैंकहरुले आज आइतबार देखि शुक्रबारसम्म उपत्याका भित्र ४ शाखा मात्र संचालनमा ल्याएको आज जारी गरिएको बिज्ञप्तिमा जनाइएको छ ।
डेभलपमेण्ट बैंकर्स एशोसिएसनका अध्यक्ष प्रद्युमन पोखरेलका अनुसार काठमाण्डौ उपत्यका भित्र विकास बैंकहरुका शाखा कार्यालयहरु विहान १० वजे देखि २ वजे सम्म मात्र खुल्ने छन् । उपत्यका बाहिर भने स्थानीय निकायको निर्देशन अनुसार संचालन हुने छन् ।
प्रतिक्रिया