बैंकिङ समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दै छ । बैंकले उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको जनाएको छ ।
१४ दिन अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् । सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले अनलाइन बिडिङ गर्नुपर्नेछ । रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने बैंकले जनाएको छ ।
बैंकिङ प्रणालीमा तरलता संकुचन भएपछि बैंकहरुले अन्तर बैंक सापटि नै ४ प्रतिशत माथि लिने दिने गरेका छन् । कोरोनाको दोस्रो लहर सुरु हुनु भन्दा अघिदेखि नै बैंकहरुले आक्रामक रुपमा कर्जा प्रबाह गर्दा तरलता कसिलो अवस्थामा देखिएको थियो । बैंकहले कर्जा नघटाउने वित्तीय प्रणालीको निक्षेप झिकिने समस्याले गर्दा पनि तरलता संकुचन भएको नेपाल राष्ट्र बैंकको बुझाई छ । “हाल वित्तीय प्रणालीमा ३० अर्बको रिपो जारी गरेपछि करिब ४५ अर्बको हाराहारीमा तरलता उपलब्ध हुनेछ । गत बिहीबारसम्ममा बैंकहरुले अन्तर बैंक सापटि ४.०६ प्रतिशतमा गरेका छन् ।
कोरोनाको दोस्रो लहरका कारण सरकारले गत बैंशाख १६ गते देखि देशका अधिकांस जिल्लाहरमा निषेधाज्ञा जारी गरेकोे छ । निषेधाज्ञा जारी भएपछि सर्वसाधारणले घरमै नगद राख्ने क्रम बढेकाले पनि बैंकहरुमा तरलता संकुचन भएको हो। अहिले बैंकहरुले सीमीत शाखा मार्फत मात्र सेवा संचालन गरिरहेकाले निक्षेप समेत बढ्न सकिरहेको छैन् ।
बैंक तथा वित्तीय संस्थाहरुमा रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ। यस्तै अधिक रकम भएमा रिर्भस रिपो मार्फत तरलता खिच्ने गर्दछ।



About Us
प्रतिक्रिया