काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थ डिजेल, पेट्रोल, मट्टितेलको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो ।
निगमले पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गेरेको छ । साथै हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ ।
मूल्यवृद्धि सँगै क्रमशः पहिलो, दोस्रो र तेस्रो वर्गका पेट्रोल प्रतिलिटर १६९.५०, १७१ र १७२ रूपैयाँ तथा डिजेल, मट्टीतेल क्रमशः १५७.५०, १५९ र १६० रूपैयाँ तोकेको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६९ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५७ रूपैयाँ ५० पैसा पर्नेछ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७१ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल र मट्टीतेल १५९ रूपैयाँ पर्नेछ। तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७२ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल र मट्टीतेल १६० रूपैयाँ पर्नेछ।
प्रतिक्रिया