बैंकिङ्ग समाचार ।
निषेधाज्ञापछि पनि बैंकहरुबाट प्रवाह भएको ऋण उत्साहप्रद देखिएको छ।
काठमाडौं उपत्यका लगायत देशका सबैजसो जिल्लाहरु निषेधित छन्। वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा गरिएको हो। त्यसयता जेठ ७ गतेसम्म वाणिज्य बैंकहरुबाट २२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। बैंकहरुबाट प्रवाह भएको कर्जा संकलित निक्षेपभन्दा केही कम हाे। सो अवधिमा ३८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।
वैशाख १७ गतेसम्म वाणिज्य बैंकहरुबाट ३५ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा जेठ ७ गतेसम्म आउँदा ३६ खर्ब १६ अर्ब पुगेको छ। निषेधाज्ञापछि पनि हरेक साता बैंकबाट सामान्य अवस्थामाजस्तै कर्जा प्रवाह भएको देखिन्छ।
पहिले नै स्वीकृत भइसकेको कर्जा अहिले प्रयोग हुँदा तथ्यांकमा कर्जा बढेको देखिएको बैंकर्स एसोसिएसनले जनाएको छ। यद्यपि हाल भने कर्जाको माग न्यून रहेको छ।



About Us
प्रतिक्रिया