काठमाडौं- जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा मनिष अर्याल नियुक्त भएका छन् । लामो समयदेखि चाटर्ड अकाउन्टेन्ट रहेका अर्याललाई हिजो अर्थात् फागुन २ गते बसेको संस्थाको सञ्चालक समिति बैंठकले अध्यक्षमा नियुक्त गरेको हो ।
लघुवित्त संस्थामा लघुवित्तको सञ्चालक समितिमा भएको व्यक्ति नै अध्ययक्ष हुँदै आएका छन् । अर्याल पहिलोपटक पब्लिक निर्देशकबाट अध्यक्ष बनेका छन् ।
अर्यालले नेपाल राष्ट्र बैकबाट भोलि समथ लिनेछन् । साढे २ वर्ष अघि अर्याल जाल्पा सामुदायिक लघुवित्तमा प्रवेश गरेका थिए । अर्याल जाल्पा र किसान लघुवित्तको मर्जर कमिटिको संयोजक पनि रहेका छन् ।
संस्थाका अध्यक्ष विर बहादुर अधिकारीले राजीनामा दिएसँगै बैठकले अर्याललाई अध्यक्ष नियुक्त गरेको जनाएको छ । जाल्पा लघुवित्तलाई विषम् परिस्थितीमा अर्यालले गरेको कामको सम्मान गर्दै अध्यक्ष चुनेको संस्थाले उल्लेख गरेको छ ।
प्रतिक्रिया