बैंकहरुको निक्षेप संकलन र कर्जा विस्तार सुस्त, निक्षेप जतिनै कर्जा प्रवाह

बैंकहरुको निक्षेप संकलन र कर्जा विस्तार सुस्त, निक्षेप जतिनै कर्जा प्रवाह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार।
कोरोना भाइरसको दोस्रो लहरको संक्रमण नियन्त्रणका लागि सरकारले निशेषाज्ञा जारी गरेपछि बैंकहरुको निक्षेप र कर्जा संकलनमा सुस्तता आएको छ । आर्थिक कारोबारमा आएको मन्दीका कारण बैंकहरुको निक्षेप तथा कर्जा दुवैमा मन्दी देखिएको छ । 

साथै बैंकहरुले सीमित शाखाबाट मात्र सेवा दिइरहेकाले पनि बैंकहरुमा निक्षेप नआएको हो । अर्कातर्फ केन्द्रिय बैंकहले ५० हजार भन्दा कम रकम निक्षेप राख्न बैंक नजान आग्रह गरेकाले पनि सानो सानो निक्षेप थपिन नपाएको हो । लकडाउनको तयारी हुदै गर्दाका सुरुवाति दिनमा कर्जा बढेपनि लकडाउनको अनिश्चितताले पुन कर्जा विस्तारको क्रममा गिरावट आएको छ ।

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको जेठ महिनाको पहिलो सातामा निक्षेप संकलन गरे बराबर नै कर्जा प्रवाह गरेका छन् । जेठको पहिलो सातामा अर्थात ७ गतेसम्म ६ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले ६ अर्ब नै कर्जा प्रवाह गरेका छन्।

वैशाख महिनामा वाणिज्य बैंकहरुले निक्षेप संकलन भन्दा तीन गुणा बढी कर्जा विस्तार गरेका थिए । बैशाख महिनामा बैंकहरुले १२ अर्ब निक्षेप संकलन गरी ३७ अर्ब कर्जा लगानी गरेका थिए ।

निषेधाज्ञाको अवधिमा पनि सरकारले बैंकहरुलाई अति आवश्यकीय क्षेत्रको रुपमा राखी सीमित सेवा प्रदान गर्न भनेको छ । सोही अनुसार बैंकहरुले सीमित कर्मचारी मार्फत सीमित सेवा प्रदान गर्दै आएका छन ।

लकडाउनका लागि आवश्यक दैनिक उपभोग्य वस्तु जोहो गर्नका लागि निक्षेपकर्ताले रकम झिक्न थालेपछि निक्षेप घटेको थियो । तर अहिले निक्षेप तथा कर्जा दुवैमा सामान्य सुधार देखिएको हो।

नेपाल बैंकर्स संघका अनुसार जेठ ७ गतेसम्ममा वाणिज्य बैंकहरुमा ३९ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप छ । यसअवधिमा बैंकहरुले कुल ३६ खर्ब १६ अर्ब कर्जा परिचालन गरेका छन् ।