घलेम्दी हाइड्रोपावरको हकप्रद शेयरको बाँडफाँड

घलेम्दी हाइड्रोपावरको हकप्रद शेयरको बाँडफाँड


काठमाडौं– घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ । माघ ९ देखि माघ २३ गतेसम्म शिलबन्दी बोलपत्र आब्हान गरी शेयर लिलाम गरेको हकप्रद शेयर फागुन २ गते बाँडफाँड भएको हो ।

कम्पनीको संचालक समितिको बैंठकले निर्णय गरेपछि लिलामीमा ल्याएको ३२ लाख १७ हजार ७१४ कित्ता हकप्रद शेयर फागुन २ गते बाँडफाँड भएको हो ।

बाँडफाँड पछि शेयर नपरेका आवेदकहरुको शेयर वापतको रकम फिर्ता भुक्तानी फागुन ६ गतेदेखि हुनेछ । आवेदकहरुको आवेदन फाराममा उल्लेख गरेको बैंक वित्तीय संस्थाको खातामा आइपीएस मार्फत रकमान्तर गरिने कम्पनीले जनाएको छ ।

आफ्नो खातामा रकम जम्मा भएको वा नभएको यकिन गरी जम्मा नभएको खण्डमा मुक्तिनाथ क्यापिटलमा सम्पर्क गर्न सकिनेछ ।