बैंकवित्त क्षेत्रका करिव १० हजार कर्मचारी कोरोना संक्रमणमा

बैंकवित्त क्षेत्रका करिव १० हजार कर्मचारी कोरोना संक्रमणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
कोभिड-१९ को दोस्रो लहरसँगै बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरुमा संक्रमण बढ्दै गएको छ ।  नेपाल बैंकर्स संघका अनुसार हालसम्म वाणिज्य बैंकहरुका मात्रै १० हजारभन्दा बढी कर्मचारी कोरोना संक्रमित भएको र अहिले पनि २५०० कर्मचारी सक्रिय संक्रमित रहेका छन् ।

विकास बैंकमा पनि ४४२ कर्मचारीमा कोरोना  संक्रमण भएको डेभलपमेन्ट बैंकर्स एसोसिएसनले जनाएको छ । जसमध्ये २१४ कर्मचारी सक्रिया संक्रमित रहेका छन् । 

लघुवित्त कम्पनीमा सक्रिया संक्रमितको संख्या एक हजारनजिक रहेको छ । यस्तै, कारोनाका कारण एक दर्जन बैंकरको मृत्यु भएको जनाइएको छ । नेपाल बैंकर्स संघले कर्मचारीमा संकमण बढ्दै गएपछि ५० हजारभन्दा कमको निक्षेप नलिने निर्णय गरेको छ । उक्त निर्णयमा नेपाल राष्ट्र बैंकले पनि समर्थन जनाएको छ ।