नेपाल राष्ट्र बैंकले मुद्दती र कल निक्षेपमा ६४ करोड लगानी गर्ने

नेपाल राष्ट्र बैंकले मुद्दती र कल निक्षेपमा ६४ करोड लगानी गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको १ वर्षे अवधिको मुद्दती र कल निक्षेपमा  लागि ६४ करोड ६३ लाख ५९ हजार रुपैयाँ लगानी गर्ने भएको छ ।

केन्द्रीय बैंकले मुद्दती निक्षेपमा ५१ करोड ४४ लाख ६२ हजार ९६० रुपैयाँ र कल निक्षेपमा १३ करोड १८ लाख ९६ हजार ७४० रुपैयाँ लगानी गर्न लागेको हो। बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागबाट सञ्चालित विभिन्न आयोजनाहरूको रहेको उक्त रकम मुद्दति र कल निक्षेपमा राख्न लागेको हो।

केन्द्रिय बैंकको निक्षेप लिन चाहाने बैंक तथा वित्तीय संस्थाले जेठ ११ गते बेलुका ४ बजेसम्ममा आवेदन दिनुपर्ने छ।

राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्नेछ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष कायम हुनुपर्नेछ।

त्यसैगरी, निक्षेप लिनको लागि निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने, शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याईएको शेयर जारी गरिसकेको हुनुपर्ने जस्ता शर्तहरु तोकिएको छ।