सन नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

सन नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक


काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदनका आधारमा मुनाफामा सरिक हुने गरी नयाँ बोनस दर निर्धारण गरेको हो ।

कम्पनीले यस अवधिका लागि बीमितलाई प्रतिवर्ष प्रति हजारमा न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ ।