हिमालय एयरलाइन्स अन्तर्राष्ट्रिय हवाई यातायात संघ ‘आईएटीए’ को सदस्य

हिमालय एयरलाइन्स अन्तर्राष्ट्रिय हवाई यातायात संघ ‘आईएटीए’ को सदस्य


काठमाडाैं – हिमालय एयरलाइन्स अन्तर्राष्ट्रिय हवाई यातायात संघ आईएटीएको सदस्य बनेको छ । एयरलाइन्सले नेपालकाे प्रतिनिधित्व गर्दै  अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए) काे सदस्य बनेकाे हाे ।

आईएटीए को सदस्य बन्दै बिश्वका ३२० एयरलाइन्स मध्ये ग्लोबल एभीएसन प्लेटफर्ममा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न सफल भएकाे छ । यसले एयरलाइन्सले हवाई सुरक्षाका विभिन्न मापदण्ड पालना गरेकाे पुष्टि गर्छ ।

यो सँगै हिमालय एयरलाइन्सले दक्षता , जोखिम ब्यवस्थापन र कार्यसम्पादनको मुल्याकंन क्षेत्रमा आफुलाई थप प्रमाणीत गरेकाे देखिन्छ । नेपालमा हवाई सुरक्षा व्यवस्थापनमा अन्तर्राष्ट्रियतर्फ हिमालय एयरलाइन्स पछिल्लो समय सबैभन्दा अगाडी देखिएदै आएको छ ।

यसअघि गत डिसेम्बरमा हिमालय एयरलाइन्स नेपालको पहिलो अपरेशनल सेफ्टी अडिट प्रोग्राम ‘आईओएसए’मा दर्ता भएको वायुसेवा कम्पनी बन्न सफल भएको थियाे ।