कुमारी बैंकको अध्यक्षमा पुन: राणा नियुक्त

कुमारी बैंकको अध्यक्षमा पुन: राणा नियुक्त


काठमाडौं – कुमारी बैंकको अध्यक्षमा पुन:अमिर प्रताप राणा नियुक्त भएका छन् । फागुन १ गते बसेको बैंक सञ्चालक समितिको बैठकले राणालाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

 साथै बैंकको साधारण सभाले ६ जना सञ्चालकहरु निर्वाचित गरेको छ । संस्थापकतर्फबाट ३ र सर्वसाधारण समुहबाट ३ गरी ६ जना सञ्चालकहरु साधारण सभाले निर्वाचित गरेको हो ।

बैंकले गत माघ २८ गते २३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको थियो ।