फागुन ११ गते बुक क्लोज गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

फागुन ११ गते बुक क्लोज गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स


काठमाडौं– सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड फागुन ११ गते बुक क्लोज गर्ने भएको छ । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले फागुन ११ मा बुक क्लोज गर्ने निर्णय गरेको हो ।

गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई प्रस्ताव गरिएको ११ प्रतिशत नगद लाभांश र साधारण सभाका लागि बुक क्लोज गरिने हुँदा फागुन १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न सभामा सहभागी हुन योग्य हुनेछन् ।

कम्पनीको वार्षिक साधारण सभा भने आगामी फागुन ३० गते हुनेछ ।