काठमाडौं – गरिमा विकास बैंक लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । सोमबार बैंकको चुक्ता पुँजीको ९.५० प्रतिशतले हुन आउने ४९ लाख २८ हजार ३०२ दशमलव ७१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकरण भएको हो।
आर्थिक वर्ष २०७९/८० बाट बैंकले चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस सेयर र बोनसको कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरि कुल १० प्रतिशत लाभांश दिएको थियो। सोही बोनस आज नेप्सेमा सूचीकृत भएको हो ।
पुस २९ गते सम्पन्न भएको १७ औं वार्षिक साधारण सभाले सो बोनस वितरणको प्रस्ताव पारित गरेको थियो।
प्रतिक्रिया