शाखा बन्द हुनेबारे लेखिएका समाचार मनगढन्ते भएको एनआईसी एशियाको दाबी, निकाल्यो प्रेस विज्ञप्ति

शाखा बन्द हुनेबारे लेखिएका समाचार मनगढन्ते भएको एनआईसी एशियाको दाबी, निकाल्यो प्रेस विज्ञप्ति


काठमाडौं– एनआईसी एशिया बैंकले आफ्ना शाखा कार्यालयहरू बन्द गर्न लागेको भन्ने समाचारहरु सञ्चार माध्यमले मनगढन्ते रुपमा लेखेको आरोप लगाएको छ ।

सोमबार बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारालाई आत्मसात गर्दै उत्तरदायी बैंकिङ्गको अभ्यास गरिरहेको यस एन आई सी एशिया बैंकका बारेमा केही सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित बैंकले शाखा कार्यालयहरू बन्द गर्न लागेको’ भन्ने कपोकल्पित समाचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ । बैंकले बिगत २६ वर्षदेखि देशको अर्थतन्त्रलाई चलायमान राख्नका निमित्त आफ्नो स्थानबाट अग्रणी योगदान दिइरहेको छ ।’