ग्राहक महानुभावहरु बैंक जानुपूर्व यी कुरामा ध्यान दिनुहोस् !

ग्राहक महानुभावहरु बैंक जानुपूर्व यी कुरामा ध्यान दिनुहोस् !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
सरकारले स्वास्थ्य क्षेत्रमा संकलकाल लगाएको छ । हरेक दिन २ सयको रेसीयोमा कोरोना संक्रमितहरुको मृत्यू भइरहेको छ । संक्रमणबाट बिरामी हुनेहरुको संख्या पनि बढीरहेको छ । यो अबस्थामा सरकारले जेष्ठ १३ गतेसम्म निशेधाज्ञा जारी गरेको छ । उपत्यका सहित देशभरजसो यो अबस्था रहेको छ । छिमेकी देश भारतमा कोरोना संक्रमणले आक्रान्त बनाएको छ । अहिलेको अबस्था राम्रो छैन । हिडडुल गर्ने र भेटघाट गर्ने समय यो कदापी होइन । बैंक तथा वित्तीय क्षेत्र अत्यावश्यक सेवा भित्र पर्दछ । मानिसलाई हरेक समय पैसाको जरुरत पर्दछ । हस्पीटलदेखि साँझ विहान चुलो चौकोमा पनि पैसा चाहिन्छ । यसै कारण बैंकवित्तको सेवालाई अत्यावश्यकका रुपमा राखिएको हो । तर अहिले समय वदलीएको छ । सम्पूर्ण कामहरु ठप्प छन् ।

यो समयमा अलिकती भएपनि काम गरौं न भन्ने सबैजसो व्यक्ति वा व्यबसायीलाई लाग्दछ । स्वभाविकै भएपनि त्यो सम्भव छैन । चाहादा चाहादै पनि कामहरु ठप्प छन् । गर्न सक्ने अबस्थै छैन । यस कारण चेक काट्ने र चेक डिपोजिट गर्ने कार्यलाई पनि सकेसम्म जेष्ठ १३ गतेसम्म रोकौं । पैसा भुक्तानी गर्न बाँकी रहेका ठाउँहरुलाई पनि केही समय पर सारौं । त्यसो भयो भने मात्रै बैंकसम्म पुग्नु पर्दैन । अन्यथा पैसाको कारोबार जारी राख्ने हो भने बैंकका कम शाखा खोल्दा झन् भिड बढ्ने र संक्रमणको भयको सम्भावना हुन्छ । बैंकिङ तथा वित्तीय क्षेत्रमा पनि धेरै व्यक्ति कोरोनाबाट संक्रमित छन् । एकजना बरिष्ठ बैंकर निरज श्रेष्ठको निधन नै भएको छ । यस कारण बैंक जानु वा चेक काट्नु पूर्व हिसाव किताब गरेर पैसा लिनुपर्ने ठाउँहरुमा अहिले पैसा माग्ने समय होइन भनेर बुझ्न र बुझाउन जरुरी छ । अधिकाँस व्यक्ति बैंक जानुपर्ने काम भनेको पैसा जम्मा गर्न र झिक्न नै हो । यसअर्थ अत्यावश्यक कामका लागि बाहेक ग्राहकले नै बैंकिङ कारोबार नगर्ने हो भने अबस्थालाई बुझेको मानिन्छ । अन्यथा बैंकसम्म गएपछि बैंकले सेवा दिन बाध्य हनुपर्छ ।

अहिले डिजिटलाइजेशनको समय पनि हो । यो समय डिजिटल कारोबार गर्न सिक्ने र सिकाउने समय हो । नगद वा चेक बाहेक सानो सानो रकम डिजिटलबाटै गर्नु राम्रो मानिन्छ ।

त्यसो त वाणिज्य बैंकहरुले ५० हजारभन्दा तलको निक्षेप नगदमा स्वीकार नगर्ने भएको छ । न्यून रकमको जम्मा गर्न आउने तथा डिम्याट खोल्न आउने भिड बढेपछि बैकर्स संघको बिहीबारको बैठकले ५० हजारभन्दा तलको निक्षेप नगदमा नलिने भएको हो ।

बैंकहरुका शाखाबाट अबदेखि अर्को सूचना जारी नहुँदासम्म खाताबाट रकम झिक्ने, ५० हजारभन्दा माथिको मात्र निक्षेप नगदमा लिने तथा,रकम स्थानान्तरण,चेक,आरटिजिएस,आइपीएस,विप्रेषण भुक्तानी तथा अन्तराष्ट्रिय व्यापारको काम हुने छ । बैकर्सं संघको बैठकले कोरोना भाइरस संक्रमण रोक्न अत्यावश्यक सेवा बाहेकका काम बन्द गर्ने निर्णय गरेको हो ।

त्यसैगरी डेभलपमेन्ट बैंकर्स एशोसिएसनले सकेसम्म बैंक नआउन ग्राहकहरुलाई आग्रह गरेको छ । चालु बैंकिङ समय घटाउने निर्णय सँगै एशोसियसनले ग्राहकहरुलाई डिजिटल कारोबारमा जोड दिएको छ । एशोसिएसनले शुक्रबार जारी गरेको सूचनामा ग्राहक र कर्मचारीको सुरक्षाका लागि उपलब्ध र सम्भव भएसम्मका अझ थप उपायहरु अवलम्बन गर्ने बताएको छ । सूचना प्रविधि, ग्राहक विभाग र नगद विभागका कर्मचारीलाई पनि अत्यावश्यकताका आधारमा मात्रै कार्यालयमा बोलाउन एशोसिएसनले सबै डेभलपमेन्ट बैंकलाई आग्रह गरेको छ । केन्द्रीय कार्यालयका कर्मचारीहरुलाई वर्क फ्रम होमको माध्यमबाट कार्य गराउन एशोसिएसनले आग्रह गरेको छ। एशोसिएसनले सम्पर्क व्यक्तिहरुमार्फत नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिधिभित्र रहेर काम गर्न पनि अनुरोध गरेको छ