राष्ट्र बैंकले अक्सिजन सिलिण्डर आयात गर्न डलर सटहीमा लाग्ने सीमा हटायो

राष्ट्र बैंकले अक्सिजन सिलिण्डर आयात गर्न डलर सटहीमा लाग्ने सीमा हटायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
नेपाल राष्ट्र बैंकले अक्सिजनजन्य स्वास्थ्य सम्बन्धी सामाग्री आयातका लागि डलर सटही सुविधाको सीमा हटाएको छ ।अहिले प्रतितपत्र बिना ड्राफ्टरटीटीको माध्यमबाट हुने वस्तु आयातका लागि सटही सुविधा बढीमा एक पटकमा अमेरिकी डलर ३५ हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मका लागि मात्र प्रदान हुने व्यवस्था रहेको छ ।
अक्सिजन सिलिण्डर, अक्सिजन ट्यांकी, अक्सिजन जेनेरेटर लगायत अक्सिजनका अन्य सामाग्रीहरु आयात गर्दा असार मसान्तसम्म उल्लेखित व्यवस्था अनिवार्य नहुने राष्ट्र बैंकले जनाएको छ ।
यसले अक्सिजन लगायतका जीवन उपयोगी सामाग्री चाडो भन्दा चाँडो आयात गर्न सहज हुनेछ ।