स्वस्तिक लघुवित्त आइपीओ जारी गर्दै

स्वस्तिक लघुवित्त आइपीओ जारी गर्दै


काठमाडौं– स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड आइपीओ जारी गर्ने भएको छ । आइपीओ जारी गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।

लघुवित्तले ८० लाख रुपैयाँबराबरको आइपीओ निष्कासन गर्नेगरी बोर्डसँग अनुमति मागेको हो । योसँगै कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ८० हजार कित्ता आइपीओ ल्याउनेछ। यसको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।