एलआइसी नेपाल इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक

एलआइसी नेपाल इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक


काठमाडौं– एलआइसी नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले दोस्रो त्रैमाससम्मा १३ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ५५ हजार रुपैयाँ नाफा कमाएको थियो । २ अर्ब ६५ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको नाफा गत आर्थिक वर्षको तुलनामा ५९.७६ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले समिक्षा अवधिमा ८ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ७२ करोड रुपैयाँ कुल बीमा शुल्क कमाएको थियो । समिक्षा अवधिमा कम्पनीले पुनर्बीमाबाट ३ करोड ८५ लाख रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ७५ लाख रुपैयाँ पुनर्बीमामार्फत खर्चिएको थियो ।

समिक्षा अवधिसम्ममा कम्पनीको महाविपत्ती कोषमा ५२ करोड ४६ लाख छ । यस अवधिमा कम्पनीको संचिती जगेडा कोषमा २ अर्ब ७ करोड ५२ लाख रुपैयाँ जम्मा छ । अन्य इक्विटीमा ६३ करोड ८७ लाख रुपैयाँ रहेको छ ।