राष्ट्र बैंकले सार्वजनिक गर्‍यो ९ महिनाको देशको आर्थिक विवरण

राष्ट्र बैंकले सार्वजनिक गर्‍यो ९ महिनाको देशको आर्थिक विवरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार । 
नेपाल राष्ट्र बैंकले देशको पछिल्लो आर्थिक अवस्थाबारे रिपोर्ट सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको  रिपोर्टमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.१० प्रतिशत छ । आयात १३.१ प्रतिशत र निर्यात २०‍‍‍.२ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १६‍.५ प्रतिशतले र अमेरिकी डलरमा १३.० प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.४२ अर्ब ५४ कराेडले बचतमा छ ।

कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ९६ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च रु.३९० अर्ब २८ करोड र राजस्व परिचालन रु.३८३ अर्ब ८७ करोड रहेको रिपोर्टमा उल्लेख छ । विस्तृत मुद्राप्रदाय १४.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा  मुद्राप्रदाय २३.९ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३.७ प्रतिशत र निजी क्षेत्रमाथिको दावी २१.८ प्रतिशतले बढेको छ ।

 

\"\"