नेपाल इन्स्योरेन्स कम्पनीको नाफा ४९ करोड माथि

नेपाल इन्स्योरेन्स कम्पनीको नाफा ४९ करोड माथि


काठमाडौं– नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा ४९ करोड ७७ लाख रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले दोश्रो त्रैमाससम्ममा नाफा ४९ करोड ७७ लाख पुगेको जानकारी दिएको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । १ अर्ब ६४ करोड शेयर पूँजी भएको कम्पनीको गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा २३२.३४ प्रतिशतले वृद्धि भएको हो ।

पुष मसान्तसम्ममा कम्पनीले ७२ करोड ५४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६८ करोड १७ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ६.४१ प्रतिशतले वृद्धि भएको हो ।

यस अवधिमा कम्पनीले २९ करोड ६७ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दनी गरेको छ । गत आर्थिक वर्षको यही अवधिमा यस्तो आम्दानी २८ करोड रुपैयाँ थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आम्दानी ५.९५ प्रतिशतले बढेको हो । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी भने ६०.५५ रुपैयाँ रहेको छ । साथै कम्पनीको प्रति शेयर नेटवर्थ २०६.१४ रुपैयाँ रहेको छ ।