वाणिज्य बैंकहरुले फागुनका लागि घटाए ब्याजदर, कुन बैंककाे कति?

वाणिज्य बैंकहरुले फागुनका लागि घटाए ब्याजदर, कुन बैंककाे कति?


काठमाडौं – चालु आर्थिक वर्षको फागुन महिनालाई लक्षित गर्दै अधिकांश बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । यो सँगै २० वटै वाणिज्य बैंकले फागुनका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

फागुन १ गतेदेखि लागु हुने नयाँ ब्याजदरमा अधिकांशले एक प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् भने केही बैंकले भने स्थिर राखेका छन् । बैंकको तरलता व्यवस्थापन हुँदै गएपछि वाणिज्य बैंकहरूले फागुनका लागि घटाएर नयाँ ब्याजदर तोकेका हुन् ।

फागुनका लागि सबैभन्दा बढी ब्याजदर हुनेमा सिटिजन्स बैंक रहेको छ । जसको ब्याजदर ९.१५ प्रतिशत छ । अघिल्लो महिना यो बैंकको ब्याजदर ८.२५ प्रतिशत थियो । ब्याजदर बढी हुनेमध्येको अर्को बैंक एनएमबी बैंक रहेकाे छ । जसले फागुनका लागि ९ प्रतिशत ब्याजदर ताेकेकाे छ । साे बैंककाे माघ महिनाकाे ब्याजदर ८.५ प्रतिशत थियाे ।

त्यस्तै ब्याजदर बढी हुने मध्येको बैंकमा तेस्राेमा नेपाल एसबिआई बैंक रहेको छ । जसले फागुनका लागि ८.२५ प्रतिशत ब्याजदर तोकेको छ । माघमा भने यो बैंकको ब्याजदर ८.१ प्रतिशत थियो । फागुनका लागि नयाँ ब्याजदर तोक्ने बैंकहरुमा हिमालयन र सानिमा बैंक रहेका छन् । जसमा दुबै बैंकको ब्याजदर ८.१५ प्रतिशत छ । अघिल्लो महिना हिमालयनको ८.१५ र सानिमाको ब्याजदर ७.५१ प्रतिशत थियो ।

एनआईसी एसिया बैंकले नयाँ ब्याजदर ८.०६५ प्रतिशत निर्धारण गरेको छ । माघमा बैंकले ८ प्रतिशत ब्याजदर तोकेको थियो । त्यस्तै सिद्धार्थ बैंकले ८.१ प्रतिशत ब्याजदर तोकेको छ । माघमा बैंकको ब्याजदर ८ प्रतिशत थियो । फागुनका लागि प्रभु बैंकले ८.०६५ प्रतिशत ब्याजदर निर्धारण गरेकाे छ । माघमा बैंककाे ब्याजदर ७.५ प्रतिशत थियाे ।

स्टान्डर्ड चार्टर्ड बैंकले फागुनका लागि ८.०७ प्रतिशत ब्याजदर ताेकेकाे छ । साे बैंककाे माघमा ७.३५ ब्याजदर थियाे । यसैगरी राष्ट्रिय वाणिज्य बैंकले फागुनका लागि ८.०७ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकको माघको ब्याजदर ७.३५ प्रतिशत थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ ब्याजदर ८.६ प्रतिशत छ भने अघिल्लो महिना यो बैंकको ब्याजदर ८ प्रतिशत थियो ।नबिल बैंकले फागुनका लागि ८.१ प्रतिशत ब्याजदर तोकेको छ । माघमा बैंकको ब्याजदर ७.७५ प्रतिशत थियो ।

ग्लोबल आईएमई बैंकप्राइम कमर्सयिल बैंकले फागुनका लागि ८.१ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । माघमा ग्लोबल आईएमईको ७.६ र प्राइम कमर्सयिल बैंकको ब्याजदर ७.४ प्रतिशत थियो । कुमारी बैंकले फागुनका लागि ८.११ प्रतिशत ब्याजदर निर्धारण गरेकाे छ । बैंककाे माघ महिनाकाे ब्याजदर ८.०१ प्रतिशत थियाे । यस्तै नेपाल बैंकले फागुनका लागि ८ प्रतिशत ब्याजदर तोकेको छ । अघिल्लो महिना नेपाल बैंकको ब्याजदर ७.२५ प्रतिशत थियो ।

नयाँ ब्याजदर अनुसार सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकको रहेको छ । यस बैंकले आफ्नो नयाँ ब्याजदर ७.२६ प्रतिशत तोकेको छ । माघमा यस बैंकको ब्याजदर ६.४४३ प्रतिशत थियो ।

एभरेष्ट, लक्ष्मी सनराइज र माछापुच्छ्रे बैंकले भने माघको ८ प्रतिशत ब्याजदरलाई नै फागुनका लागि कायम राखेका छन् ।