शिखर इन्स्योरेन्सको नाफा १९ प्रतिशतले बढ्यो

शिखर इन्स्योरेन्सको नाफा १९ प्रतिशतले बढ्यो


काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म शिखर इन्स्योरेन्सको नाफा १९ प्रतिशतले बढेको छ । चालु आ.वको दोस्रो त्रैमासिकसम्म आइपुग्दा कम्पनीकाे नाफा १९.१७ प्रतिशतले बढेर २५ करोड ११ लाख १२ हजार रुपैयाँ पुगेको हो।

गत वर्षको यसैअवधिमा कम्पनीले २१ करोड ७ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको यसअवधिमा खुद बिमा शुल्क ८.०३ प्रतिशतले बढेर ५५ करोड १४ लाख १२ हजार रुपैयाँ पुगेको छ।

अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ५१ करोड ४ लाख २ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो।