एप्पललाई पछि पार्दै माइक्रोसफ्ट बन्यो विश्वकै मूल्यवान् कम्पनी

एप्पललाई पछि पार्दै माइक्रोसफ्ट बन्यो विश्वकै मूल्यवान् कम्पनी


काठमाडौं– एप्पललाई पछि पार्दै माइक्रोसफ्ट विश्वकै मूल्यवान् कम्पनी बनेको छ। गत साताको अन्त्यतिर कम्पनीको शेयरभाउ बढेर बजार पुँजीकरण ३.१२५ ट्रिलियन डलर पुगेसँगै माइक्रोसफ्ट विश्वकै मूल्यवान् कम्पनी बनेको हो ।

शुक्रबार बजार बन्द हुँदा कम्पनीको बजार मूल्य २.४६ ट्रिलियन डलर थियो । एप्पलको बजार मूल्य त्यस दिन २.४३ ट्रिलियन डलरमा सीमित थियो ।

शेयर मूल्यमा गिरावट आएकै कारण एप्पल दोस्रो स्थानमा पुगेको हो । शुक्रबार माइक्रोसफ्ट कम्पनीको शेयर मूल्यमा १ प्रतिशतले वृद्धि भएर ३२७.५० डलर पुगेको थियो भने एप्पलको शेयर मूल्य ४ प्रतिशतले घटेर १४६.४१ डलर पुगेको थियो ।