रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा भोलि

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा भोलि


काठमाडौं– रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारण सभा सोमबार हुने भएको छ । ज्ञानेश्वस्थित लिसरा ब्यांक्वेटमा हुने सभा बिहान ११ बजे शुरु हुनेछ । माघ ४ गते बसेको कम्पनीको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

कम्पनीले सभामा वार्षिक प्रतिवेदन उपर छलफल गरी त्यसलाई पारीत गर्ने एजेन्डा तयार पारेको छ । साथै गत वर्षको लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ श्रावण १ गतेबाट २०८० आषाढ मसान्त सम्मको वित्तीय विवरण माथि छलफल गरी पारीत गर्नेछ ।