नेपाल लघुवित्त बैंकर्स संघले माग्यो आवश्यक सुरक्षा, शाखा प्रबन्धक कुटिएकोप्रति ध्यानाकर्षण 

नेपाल लघुवित्त बैंकर्स संघले माग्यो आवश्यक सुरक्षा, शाखा प्रबन्धक कुटिएकोप्रति ध्यानाकर्षण 


काठमाडौं- गत बुधबार सुर्खेतमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका शाखा प्रबन्धक कुटिएको घटनापछि नेपाल लघुवित्त बैंकर्स संघ (एनएमबीए) लेआवश्यक सुरक्षा माग गरेको छ । संघले सरकारसँग अत्यावश्यक सेवा अन्तर्गत रहेको वित्तीय सेवा नियमित रुपमा सञ्चालनमा रहने वातावरणको सिर्जना गर्दै सुरक्षा माग गरेको हो ।

संघका अनुसार गत बुधबार (कात्तिक २५ गते) सुर्खेतको गुर्भाकोट नगरपालिका-८ स्थित डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड मेहैलकुना, सुर्खेतमा कार्यरत शाखा प्रबन्धक दीपेन्द्र कट्टेललाई उनकै कार्यकक्षमा कान्तिकारी युवा संगठन नेपालले जनकारबाही भन्दै कालोमोसो दल्ने र हातपातको क्रियाकलाप गरेका थिए । संघले सो घटनाप्रति ध्यानआकर्षण गरेको छ भने त्यस्तो क्रियाकलाप तत्काल रोक्न नेपाल सरकार, स्थानीय सरकार, नेपाल राष्ट्र बैंक लगायत सम्बन्धित निकायलाई आग्ह गरेको छ ।

संघले ग्राहक संरक्षण्को आधारलाई मुख्य प्राथमितामा राखि सेवा प्रवाह गर्न लघुवित्त संस्था सदैव दृढ रहेको उल्लेख गरेको छ ।