आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक

आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक


काठमाडौं– नेपाल राष्ट्र बैंक आन्तरिक ऋण नवीकरण गर्ने भएको छ । बैंकले २२ अर्ब रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्न लागेको हो । यसको बोलकबोल सोमबार दिउँसो ३ बजे हुनेछ।

२८ दिने ८ अर्ब, ९१ दिने ८ अर्ब र १८२ दिने ६ अर्ब रुपैयाँ गरी ट्रेजरी बिल राष्ट्र बैंकले जारी गर्न लागेको हो। यी ट्रेजरी बिलको भुक्तानी २०८० फागुन २९ गते, २०८१ जेठ १ गते र २०८१ साउन २९ गते हुनेछ। ट्रेजरी जारी भने फागुन १ गते बाट हुनेछ ।

बैंकले आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्रका लागि १ वर्ष वा १ वर्षभन्दा कम अवधिमा ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।