नेशनल लघुवित्तले ६ महिनामा कमायो १० करोड ४१ लाख नाफा

नेशनल लघुवित्तले ६ महिनामा कमायो १० करोड ४१ लाख नाफा


काठमाडौं – नेशनल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ ।सार्वजनिक वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा साढे १० करोड नाफा कमाएको छ।

समिक्षा अवधिमा कम्पनीको निक्षेप संकलन भने १५.८४ प्रतिशत बढेर ५ अर्ब २४ करोड ७ लाख १४ हजार रुपैयाँ पुगेकाे छ। कर्जा लगानी पनि ९.६३ प्रतिशत बढेर १८ अर्ब ३६ करोड ५९ लाख रुपैयाँ पुगेको छ।

समिक्षा अवधिमा कम्पनीले १० करोड ४१ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, यो नाफा गत वर्षको तुलनामा भने ३५.५४ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा कम्पनीले १६ करोड १६ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

नाफा घटेपनि कम्पनीको ब्याज आम्दानी भने ९.३३ प्रतिशत बढेको छ । समिक्षा अवधिमा कम्पनीले यस्तो आम्दानी ३५ करोड ३१ लाख ७७ हजार रुपैयाँ पुगेको छ । कम्पनीको संचालन नाफा पनि ३५.५४ प्रतिशत घटेर १४ करोड ८८ लाख ५५ हजार रुपैयाँ कायम भएको छ । हाल कम्पनीको वितरणयोग्य नाफा ३८ करोड ५२ लाख रुपैयाँ छ।