लाभांश वितरण नगर्ने महुली लघुवित्तको निर्णय

लाभांश वितरण नगर्ने महुली लघुवित्तको निर्णय


काठमाडौं– महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । लघुवित्तको माघ २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले २०८० असार मसान्तसम्म कायम रहेको मुनाफालाई सञ्चित गर्ने निर्णय पनि गरेको छ ।

साथै आर्थिक वर्ष २०७९/२०८० को असार मसान्तसम्मको वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार ३१ गतेसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहितको वित्तीय विवरण अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्ने स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय बैठकले गरेको हो ।