स्याङ्गजाको भिरकोट दरबारका कारण बैंकर अनिल शाह तनावमा

स्याङ्गजाको भिरकोट दरबारका कारण बैंकर अनिल शाह तनावमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार । 
बैंकर मात्र नभई सेलिब्रेटीको रुपमा पहिचान बनाएका अनिल केशरी शाह पछिल्लो समय भिरकोट नगरपालिका स्थित भिरकोट दरबारसँग जोडिएको बिषयले तनावमा देखिएका छन्। संघीयता कार्यन्वयनमा आएपछि स्थानीय सरकारले स्थानीय पुरातात्विक महत्वका वस्तुहरु तथा सम्पदालाई प्राथमिकतामा राख्ने क्रम बढेसँगै भिरकोटको जगतपुर स्थित बाइसे चौबिसे राज्य भएको बेलाको भिरकोट राज्यका राजा तारकबहादुर शाहको दरबारको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने स्थानीय सरकारको माग रहेको छ। 

तर भिरकोट स्थित उक्त दरबारको मर्मत, संरक्षण तथा प्रवर्द्धन गर्ने कार्यमा चाँसो साथ नदिएको भन्दै अनिल शाहको आलोचना हुन थालेको हो । उक्त दरबारको मर्मत, संरक्षण तथा प्रवर्द्धन गर्ने कार्यमा साथ नदिएको आरोपले आफुलाई तनाव भएको शाहले बिजपाटीकर्मीसँगको कुराकानीमा बताए। 

आफु अन्तिम भिरकोटे राजा तारक बहादुर शाहको नाति तथा डा। नारायण केशरी शाहको छोरा भएकाले भिरकोटका स्थानीयले उक्त दरबारसँग आफुलाई जोडिएपनि उक्त दरबार आफ्नो नाममा नभएको शाहले बताए। उनका अनुसार उक्त दरबार राजा तारकबहादुर शाहका जेठा छोरा ऋषिकेश शाहका जेठा छोरा प्रकाश शाहको नाममा रहेको छ। ऋषिकेश शाहको मृत्यु भइसकेको छ भने  उनका जेठा छोरा प्रकाश शाह गद्दीविहीन राज्यका हालका पदवीविहीन राजा हाल अमेरिकामा बस्दै आएका छन्। 

अनिल शाह राजा तारकका अर्का छोरा भिरकोटे राजकुमार नारायण केशरी शाहका जेठा छोरा हुन्। शाह हाल नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्। नेपालको बैंकिङ क्षेत्रमा शाहलाई सफल बैंकरको रुपमा चिनिन्छ भने उनलाई सेलेब्रेटी बैंकर समेत भनिन्छ। 

चौबिसे राज्य भिरकोट राज्यका उक्त दरबारको संरक्षण तथा प्रवर्द्धन गर्न खोजिनु राम्रो र सकारात्मक बिषय भएपनि उक्त दरबार आफ्नो नाममा नरहेकाले आफुले यसमा कुनै ठोस निर्णय लिन नसक्ने शाहले स्पष्ट पारे।  

त्यसो त हालै मात्र शाहले जितेको मेगा बैँकको प्रमोटर सेयरसँग जोडिएको मुद्दामा जिल्ला अदालत काठमाडौंको कागजमा भिरकोटे राजाको नाति भनेर उल्लेख गरेपछि भिरकोट स्थित दरबारको बिषय उनीसंग झनै नजिकबाट जोडिएको थियो।