काठमाडौं- नेपाल आयल निगममा कार्यकारी निर्देशक बन्न आवेदन दिएकाहरुको अन्तर्वार्ता फागुन पहिलो हप्तादेखि सुरु हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार आगामी फागुन २ देखि ५ फागुनसम्म अन्तर्वार्ता हुने भएको हो ।
मन्त्रालयका अनुसार बिहान ७ बजेदेखि अन्तर्वार्ता सुरु हुनेछ । निवेदन दिनेमा पंकजकुमार दास, माधव रेग्मी, आमोदप्रसाद चौधरी दिलीपशेखर श्रेष्ठ, चण्डिकाप्रसाद भट्ट, वसन्तकुमार पाण्डे, डोलिन्द्रप्रसाद शर्मा, शत्रुघ्नप्रसाद पुडासैनी रहेका छन् । यस्तै, कमलेन्द्रलाल कर्ण, उत्तरकुमार रेग्मी, डा. डोलप्रसाद चापागार्ईं, सहदेव चन्द, रामदेव यादव र सञ्जीवकुमार श्रेष्ठले पनि निवेदन दिएका छन् ।
निगममा २०७५ देखि खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छनोट थालिएको थियो । निगम नेपालको धेरै कारोबार गर्ने कम्पनी हो । निगमले वार्षिक ३ खर्ब सम्मको कारोबार गर्दै आएको छ।
प्रतिक्रिया