नागरिक लगानी कोषको नाफा ९२ करोड, ब्याज आम्दानीमा पनि वृद्धि

नागरिक लगानी कोषको नाफा ९२ करोड, ब्याज आम्दानीमा पनि वृद्धि


काठमाडौं- नागरिक लगानी कोषको चालु आर्थिक वर्ष २०८०–०८१ को दोस्रो त्रैमाससम्ममा ९२ करोड ४५ लाख ८६ हजार रुपैयाँ आम्दानी गरेको छ । कोषले सार्वजनिक गरेको पुस मसान्तसम्मको आर्थिक विवरणले यस्तो देखाएको हो । कोषले सार्वजनिक गरेको सो नाफा गत वर्ष भन्दा १०.८१ प्रतिशतले बढि हो ।

कोषको आम्दानी बढेसँगै खुद नाफा पनि बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५४ करोड ६० लाख रुपैयाँ नाफा गरेको कोषले ५१ करोड ३२ लाख रुपैयाँ नाफा गरेको थियो।

कोषको ब्याज आम्दानी पनि ८.०७ प्रतिशत बढेको छ । त्यसैगरी सेवा शुल्क तथा कमिशन आम्दानी १२.०९ प्रतिशत, कुल खर्च ३१.०२ प्रतिशतले बढेको छ ।

हाल कोषको ५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको छ भने जगेडा कोषमा २४ अर्ब ४१ लाख रुपैयाँ राखेको छ।