हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा

हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा


काठमाडौं – हिमालयन रिइन्स्योरेन्सले २०७९/८० को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।  हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब रूपैयाँ रहेको छ ।