नवील बैंक र यूनाइटेड फाइनान्सबीच मर्जर सम्झौता

नवील बैंक र यूनाइटेड फाइनान्सबीच मर्जर सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
नवील बैंक र यूनाइटेड फाइनान्सबीच मर्जरका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नवील बैंकको मुख्य कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा बैंकले यूनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो । नवील बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मर्जर कमिटी सदस्य मनिष खेम्काले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ।
नवीलले यूनाइटेड फाइनान्सलाई ३५ रुपैयाँको दरले प्राप्ति गर्ने समझदारी बनेको बताइएको छ। यसको अर्थ यूनाइटेड फाइनान्सको १०० कित्ता सेयर हुनेहरुले प्राप्तिपछि नवील बैंकको ३५ कित्ता सेयर पाउनेछन् ।