नेपाल बीमा प्राधिकरणमा रोजगारको अवसर

नेपाल बीमा प्राधिकरणमा रोजगारको अवसर



काठमाडौं,
नेपाल बीमा प्राधिकरणले आज एक सूचना जारी गर्दै विभिन्न पदमा १६ जना नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। प्राधिकरणले रिक्त रहेको विभिन्न पदहरुमा खुला, समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ ।

प्राधिकरणले सहायक दिर्नेशकको अधिकृत तृतीयको प्रशासन तर्फ १० जना तथा कानुन तर्फ २ जना, सहायक निर्देशक सूचना प्रविधि पदको अधिकृत तृतीय प्रशासन तर्फ १ जना र सहायक प्रथम प्रशासन तर्फ ३ जनाको माग गरेको छ ।

यी पदमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट कर्मचारी पदपूर्ति गरिने प्राधिकरणले जनाएको छ। इच्छुक योग्य नेपाली नागरिकले आउँदो फागुन २६ गतेसम्म दरखास्त दिन सक्नेछन्। दोब्बर दस्तुर तिरी चैत ३ गतेसम्म दरखास्त पेस गर्न सकिने प्राधिकरणले जनाएको छ।