विकासको मूल आधार सुशासन हो : राष्ट्रपति

विकासको मूल आधार सुशासन हो : राष्ट्रपति


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन नै भएको बताएका छन्।मीनकुमारी राणा प्रतिष्ठानले राष्ट्रपति भवनमा बिहीबार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले दिगो शान्ति, विकास र सुशासनबाट नै गरिब, सीमान्तकृत, पिछडिएको क्षेत्र र वर्गका जनताको मुहारमा खुसी ल्याउन सकिने बताए।

राष्ट्रपति पौडेलले विगतमा राजनीति मुख्य विषय भएको तर अबका दिनमा जनता र समाजको सेवा नै हाम्रो प्रमुख लक्ष्य हुनुपर्छ भन्नेमा विशेष जोड दिए । ‘समाजका विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई पुरस्कृत र सम्मान गर्दा भावी पुस्तालाई असल काम गर्न उत्प्रेरित गर्नेछ, असल कामका लागि मानिसहरुलाई उत्प्रेरित गर्ने मैले विश्वास लिएको छु’, राष्ट्रपति पौडेलले भने ।

प्रतिष्ठानले समाजका उपेक्षित वर्ग र क्षेत्रको हित र उत्थानका लागि आगामी दिनमा विशेष कार्यक्रम ल्याएर काम गर्ने विश्वास व्यक्त गर्दै उनले स्वर्गीय मीनकुमारीलगायत उनको परिवारले नेपालको लोकतान्त्रिक आन्दोलनमा गरेको योगदानको स्मरण गरे । (रासस)