स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा बोर्ड सदस्य श्रेष्ठ नियुक्त

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा बोर्ड सदस्य श्रेष्ठ नियुक्त


स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशकमा सदस्य डा.मुक्तिराम श्रेष्ठ नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै बोर्ड सदस्य श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका हुन् ।

यसअघि गत माघ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई बर्खास्त गरेको थियो।