काठमाडौं – गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ७ लाख रुपैयाँ मुनाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पुष मसान्तसम्मकाे अवधिमा कम्पनीको सञ्चालन नाफा ५.३३ प्रतिशतले घटेकाे छ । कम्पनीको वितरणयोग्य नाफा ५६ लाख १० हजार रुपैयाँ रहेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले कमाएकाे मुनाफा गत आर्थिक वर्षको साेही अवधिकाे तुलनामा ५.३३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीको मुनाफा १ करोड १३ लाख रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३.७० प्रतिशतले बढेर ५ करोड २५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ५ करोड ६ लाख रुपैयाँ रहेकाे थियो ।
समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १५ करोड १५ लाख ५४ हजार रुपैयाँ, जगेडा कोषमा ६ करोड ८७ लाख रुपैयाँ र खराब कर्जा ४.६६ प्रतिशत रहेको छ ।
प्रतिक्रिया