सबैको लघुवित्तको नाफामा २२२ प्रतिशतको आकर्षक वृद्धि

सबैको लघुवित्तको नाफामा २२२ प्रतिशतको आकर्षक वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसैअवधिमा २ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको यस लघुवित्तले २२२ प्रतिशतले नाफा बढाएको हो ।

चुक्ता पूँजी २० करोड ६० करोड रुपैयाँ लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ५१.३० रुपैयाँ पुगेको छ । जगेडा कोषको आकार १७७ प्रतिशतले बढाउँदै ९ करोड ३१ लाख पुग्दा प्रतिशेयर नेटवर्थ १४५.२३ रुपैयाँ रहेको छ ।

आइतबार सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले चैत मसान्तसम्ममा लघुवित्तले ८१ करोड ८९ लाख रुपैयाँ निक्षेप संकलन तथा २ अर्ब १७ करोड २२ लाख रुपैयाँ सापटी लिई ३ अर्ब १० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यसबाट लघुवित्तले १४ करोड ६३ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ८ करोड १३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवकोे यसै अवधिमा खुद ब्याज आम्दानी ७३.७८ र सञ्चालन मुनाफा १०८ प्रतिशतले बढेको हो ।

चैत मसान्तसम्ममा लघुवित्तको खराब कर्जा अनुपात केही बढेर १.६१ प्रतिशत पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ३०.९९, कोषको लागत ६.०३ प्रतिशत छ ।