सांग्रिला डेभ्लप्मेन्ट बैंकमा ‘आउटडोर डिस्प्लेको प्रयोग, सडकबाटै सूचना हेर्न मिल्ने प्रविधि 

सांग्रिला डेभ्लप्मेन्ट बैंकमा ‘आउटडोर डिस्प्लेको प्रयोग, सडकबाटै सूचना हेर्न मिल्ने प्रविधि 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार । 
नेपालमा ढिलामात्रै सुरु भएतापनि ‘आउटडोर डिस्प्ले’को प्रयोग बढ्दो छ । कुनै पनि व्यपार व्यवसायलाई ब्रान्डीङ गर्न होस या व्यावसायलाई नयाँ आयाम दिन ‘एलईडी आउटडोर डिस्प्लेको महत्व बढ्दै गइरहेको पाइन्छ । अर्थात अर्को अर्थमा भन्दा ग्राहकहरु सोझै स्क्रिनमा ठोकिने हुनाले यसको उपल्ब्धता बढ्दो छ । 

यस्तै विषयलाई मध्यनजर गर्दै साँग्रीला डेभलप्मेन्ट बैंक, मुख्य कार्यालयले ‘डिजिटल लिड डिस्प्लेको प्रयोग गरेको छ । डिजिटल प्रदर्शन प्रयोग गरी ग्राहकलाई द्रुत सन्देशहरू प्रदान गर्ने, सेवाहरू र उत्पादनहरूको संलग्नता बढाउने बैंकको योजना छट । यसका साथै वित्तिय साक्षरता र जनतामा डिजिटल बैंकिङको प्रयोग र प्रबद्र्धन गर्न सहयोग पुर्याउने बैंकले बताएको छ ।

युनिलिन ग्रुपको नेपालका लागि आधिकारिक पार्टनर पिक्सल टचले बैंकसँग डिजिटल डिस्प्लेका लागि सहकार्य गरेको छ । बैंकले शुरु गरेको यस डिस्प्लेबाट बाटो हिड्ने मानिस तथा सर्वसाधरणलाई सन्देश प्रवाह गर्न सहज हुने पिक्सल टचको विश्वास छ । डिजिटल एलइडि डिस्प्लेले ग्राहकसँग पुग्न महत्वपूर्ण भुमिका खेल्ने बताइएको छ ।