कुमारी बैंकको १ हजार ११६ कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको १ हजार ११६ कित्ता संस्थापक सेयर बिक्रीमा


काठमाडौं – कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले तत्कालिन सेयरधनी पवन सिंह भण्डारीको नाममा रहेकाे १ हजार ११६ कित्ता सेयर बिक्रीमा ल्याएको हो। सेयरमा आवेदन दिन चाहने विद्यमान सेयरधनीले आजको ३५ दिन भित्र आवेदन दिन सक्नेछन्।

बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं –१ नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं, टंगालमा गई आवेदन दिन सकिने सेयर रजिष्ट्रार कुमारी क्यापिटलले जनाएको छ।