तरलता व्यवस्थापन गर्न थप ४० अर्ब तान्दै राष्ट्र बैंक

तरलता व्यवस्थापन गर्न थप ४० अर्ब तान्दै राष्ट्र बैंक


काठमाडौं– नेपाल राष्ट्र बैंकले बजारबाटथप ४० अर्ब तान्ने भएको छ । बैंकले बजारमा थुप्रिएको अधिक तलरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणबाट तरलता व्यवस्थापन गर्न लागेको हो ।

बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । यसको बोलकबोल आजै हुने बैंकले जनाएको छ। ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । साँवा र ब्याज भुक्तानी मिति फागुन ८ गतेलाई निर्धारण भएको छ। निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी फागुन ८ गते गरिने राष्ट्र बैंकले जनाएको छ।