नबिल बैंकको आधिकारिक फेसबुक पेजमा समस्या

नबिल बैंकको आधिकारिक फेसबुक पेजमा समस्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार । 
आज (सोमबार) नबिल बैंकको आधिकारिक फेसबुक पेजमा समस्या देखिएको छ ।  बैंकको च्याड बड नामक नयाँ सुविधा अध्यावधिक गर्नका लागि फेसबुक पेज बन्द गरिएको नबिल बैंकका सामाजिक सञ्जाल व्यवस्थापक कृष्ण सुवेदीले बैंकिङ समाचारलाई जानकारी दिए । 

यद्यपी उनले बैंक सम्बन्धी जानकारी बैंकको आधिकारिक वेवसाईटबाट सजिलै प्राप्त गर्न सकिने बताए । वर्तमान अवस्थामा सामाजिक सञ्जालबाट सूचना प्राप्त गर्न अत्यन्तै छिटो र सरल हुने हुनाले यसको ब्यापक प्रयोग गरेको पाईन्छ । 

बैंकको पेज नखुल्दा सामान्य सूचना हेर्न समस्या भएको ग्राहकहरुले बताएका छन ।