मुकेश अम्बानी बने विश्वकै शक्तिशाली सीईओ

मुकेश अम्बानी बने विश्वकै शक्तिशाली सीईओ


काठमाडौं– भारतका प्रख्यात व्यावसायी मुकेश अम्बानी विश्वकै शक्तिशाली प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका छन् । रिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक रहेका अम्बानी दोस्रो शक्तिशाली सीईओ बन्न सफल भएका हुन् ।

ब्रान्ड गार्डियनसिप इन्डेक्स २०२४ का आधारमा विश्वको दोस्रो शक्तिशाली सीईओको रुपमा उनी स्थापित भएका हुन् । ब्रान्ड फाइनान्सले जारी गरेको सूचीमा टेन्सेन्टका सीईओ हुवाटेङ मा ८१.६ अंक प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन् भने अम्बानी ८०.३ अंक प्राप्त गर्दै दोस्रो स्थानमा परेका छन्।

अम्बानीले माइक्रोसफ्टका सीईओ सत्य नडेला, गुगलका सीईओ सुन्दर पिचाई, टेस्लाका एलोन मस्क र एप्पलको टिम कुकलाई समेत पछि पारेका छन् ।