३९ प्रतिशतले बढ्यो सिभिल बैंकको नाफा, खराब कर्जा असुलीमा आक्रमक

३९ प्रतिशतले बढ्यो सिभिल बैंकको नाफा, खराब कर्जा असुलीमा आक्रमक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार । 
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिभिल बैंकको खुद नाफा ३९.३९ प्रतिशतले बढेको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३६ करोड ५ लाख मुनाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५० करोड २५ लाख मुनाफा कमाएको हो । यस अवधिमा कम्पनीको वितरण योग्य मुनाफा ३० करोड ७७ रहेको छ ।

बैंकको निक्षेप ४८.२४ प्रतिशतले बढेर ८५ अर्ब २५ करोड पुगेको छ भने कर्जा प्रवाह ४८.२० प्रतिशतले बढेर ७७ अर्ब ३६ करोड पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ९.८७ प्रतिशतले घटेर १ अर्ब ५४ करोड पुगेको छ ।

८ अर्ब ६४ करोड चुक्ता पुँजी भएको बैंकको रिजर्भमा २ अर्ब २ करोड रहेको छ । बैंकको खराब कर्जा २.९६ प्रतिशतबाट घटेर १.१३ प्रतिशत कायम भएको छ ।

बैंकको प्रति शेयर आम्दानी ७.७५ प्रतिशत रहेको छ भने प्रति शेयर नेटवर्थ १२३.३८ रुपैयाँ रहेको छ ।