एकै दिनमा एक खर्ब बढी डलरले बढ्यो फेसबुकको सेयर मूल्य

एकै दिनमा एक खर्ब बढी डलरले बढ्यो फेसबुकको सेयर मूल्य


एजेन्सी– फेसबुकको प्यारेन्ट कम्पनी मेटाको सेयर मूल्य एक दिनमा १ खर्ब ९६ अर्ब डलरले बढेको छ ।

गत शुक्रबार मात्र २०.३ प्रतिशतले वृद्धि हुँदा मेटाको बजार मूल्य पनि बढेको छ । जुन १२ खर्ब २० अर्ब अमेरिकी डलर पुगेको हो । योसँगै मेटा विश्वकै सातौँ मूल्यवान् कम्पनी बनेको हो ।