मलेसियाको मर्चेन्ट्रेड मनि ट्रान्सफरबाट ‘आई पे रेमिट’मार्फत पैसा पठाउँदा निःशुल्क जिवन विमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार । 
विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउदै आएको आइ पे रेमिटले मलेसियाबाट नेपाल पैसा पठाउने ग्राहकहरुका लागि नयाँ योजना ल्याएको छ । जस अन्तर्गत मलेसियाको मर्चेन्ट्रेड मनि ट्रान्सफरबाट आई पे रेमिटमार्फत नेपाल पैसा पठाउँदा निःशुल्क जिवन विमा हुने भएको छ ।

कोभिड–१९ का कारण सिर्जित परिस्थितीलाई मध्यनजर गर्दै सुरक्षित तवरले आफुले कमाएको पैसा नेपालमा परिवारको हातमा पु¥याउनुका साथै पारिवारीक सुरक्षाका लागि निःशुल्क जिवन विमा योजना ल्याएको आई पे रेमिटले जनाएको छ ।

मलेसियाको मर्चेन्ट्रेड मनि ट्रान्सफरबाट आई पे रेमिटमार्फत नेपाल पैसा पठाउने सम्पूर्ण सेवाग्राही यस योजनामा समेटिने हुदा सुरक्षित तवरले आफुले दुःखले कमाएको पैसा परिवारको हातमा पुग्नुका साथै जिवनको सुरक्षासमेत हुने यो अवसर खेर नफाल्न आईपे रेमिटले मलेसियामा रहेका सम्पूर्ण नेपालीलाई आग्रह गरेको छ ।

यस योजना अन्तर्गत आई पे रेमिटमार्फत पैसा पठाउँदा निःशुल्क १ महिनाको जिवन विमा, जुनसुकै मृत्युमा मलेशियन रिङ्गेट ४ हजार र डेंगू लागि मृत्यु भएमा मलेशियन रिङ्गेट ८ हजार सम्मको भुक्तानी नेपालमा रहेका आफन्तले प्राप्त गर्न सक्ने आई पे रेमिटले जानकारी दिएको छ ।

अप्रिल ९ बाट सुरु भएको यो योजना ६ महिनासम्म लागु हुने र यस योजनामा सहभागी हुन मलेशियास्थित मर्चेन्ट्रेड मनि ट्रान्सफरको सेवा केन्द्र, ऐजेन्ट एम एम कार्ड तथा ई रेमिटबाट आई पे रेमिटमार्फत नेपाल पैसा पठाउँनु पर्ने छ भने ग्राहकहरुले पैसा पठाई सकेपछि प्राप्त भएको रसिद आफुसँग सुरक्षित राख्नुपर्नेछ ।

विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउदै आएको आई पे रेमिटले नेपालभरि छरिएर रहेका १००० भन्दा बढी भुक्तानी केन्द्रबाट भुक्तानी सेवा दिनुका साथै नेपालमा रहेका जुनसुकै बैकं तथा वित्तिय संस्थामा रेमिट्यान्स रकम जम्मा गरिदिने सुविधा प्रदान गर्दै आईरहेको छ ।

ग्राहकको चाहना र आवश्यकता अनुसार सेवा प्रदान गर्दै आईरहेको आई पे रेमिटले समय समयमा ग्राहकमूखि तथा सामाजिक उत्तरदायित्व अन्तर्गतको योजना ल्याउदै आएको छ । लाखौ ग्राहकहरुलाई सन्तुष्ट बनाउदै आएको आई पे रेमिटले आगामी दिनमा ग्राहक वर्गलाई थप छिटो–छरितो र सरल ढंगबाट आफ्नो घरपरिवार र आफन्तजनलाई दुःखले कमाएको पैसा पु¥याउने सुविधाका लागि प्रतिवद्ध भएर लागिपर्ने जनाएको छ ।